दफा ४
क्षक्षित घर परिवार पहिचानका आधार;
(१) ऐनको दफा ५ को उपदफा “(१) बमोजिम लक्षित घर परिवारको पहिचान गर्दा अनुसूची-१ बमोजिमका आधारमा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमका आधारमा मन्त्रालयले घरधुरी सर्वेक्षण फाराम तयार गरी सोको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नेछ।
(३) उपनियम (२) बमोजिमको घरधुरी सर्वेक्षण फाराममा प्रत्येक आधारमा घर परिवारको आर्थिक तथा खाद्य पदार्थमा पहुँचको अवस्था अनुसार मूल्याङ्कनको लागि अङ्क प्रदान गर्ने र निश्चित अङ्कभन्दा कम अङ्क प्राप्त गर्ने घर परिवारलाई लक्षित घर परिवारको रुपमा पहिचान गर्ने गरी व्यवस्था गर्नु पर्नेछ।
(४) उपनियम (१) बमोजिमका: आधारको अतिरिक्त स्थानीय तहले खाद्य असुरक्षा मापन सम्बन्धमा अन्तर्राष्ट्रिय रुपमा विकास गरिएका घरधुरी खाद्य असुरक्षा मापन स्केल (हाउसहोल्ड फुड इन्सेक्युरिटि एक्सेस स्केल), एकीकृत खाद्य विविधीकरण अङ्क (इन्टिग्रेटेड डायटेरी डाइभरसिटि स्कोर) र एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (इन्टिग्रेटेड फुड सेक्युरिटि फेज क्लासिफिकेशन) विधि जस्ता कुनै एक वा एकभन्दा बढी विधिलाई समेत आधार लिई लक्षित घर परिवार पहिचान गर्न सक्नेछ।